दफा १७
व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता
ऐनको दफा ५९ को उपदफा (२) बमोजिम बीमकले व्यवस्थापन वा प्राविधिक सेवा सम्झौताको मस्यौदा स्वीकृतिको लागि प्राधिकरणमा पेस गर्दा देहायका विवरण खुलाउनु पर्नेछ:-

(क) सम्झौता अन्तर्गत सेवा लिने विषय, योजना र औचित्य,

(ख) सम्झौताको अवधि र शुल्क,

(ग) जनशक्तिको पारिश्रमिक, सुविधा लगायतको अन्य लागत,

(घ) सम्झौता उल्लङ्घन भएमा क्षतिपूर्तिको व्यवस्था,

(ङ) ८ सम्झौताबाट बीमकलाई प्राप्त हुने लाभ,

(च)- सम्झौतामा राख्न उपयुक्त अन्य विषय।